११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे



काठमाडौं । अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने । तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।

नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उनी नेपाल-अमेरिका आउजाउ गरिरहन्छन । नेपाली नागरिकको हैसियत पाए आफू जस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उनको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।

विदेशमा जुनसुकै पेसा-व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीहरुको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरुसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ रु’ अभियानका संयोजक वासु घिमिरे बताउँछन । यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उनको तर्क छ ।

“एनआरएन नागरिकताले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो”, संयोजक घिमिरेले भने, “अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।”

वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उनको दाबी छ । यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरुसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ११ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको