४ चैत्र २०८२, बुधबार | March 19, 2026

अर्थतन्त्र चलायमान बनाउन सरकारी र नीजि क्षेत्रले भैरहवामा संयुक्त छलफल गर्ने



बुटवल । अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी हुने भएको छ । खुल्ला सिमाना यसले पारेको प्रभाव, अवैध कारोवारको नियन्त्रणका साथै भन्सारलाई छिटो छरितो र विश्वसनीय बनाउन साझा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी हुन लागेको हो ।

नीजि क्षेत्रका तर्फबाट नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा संसदको आर्थिक समितिका सभापति सहित प्रतिनिसभा सदस्यहरु, लुम्विनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु,तीनवटै प्रहरी संगठनका प्रमुख, प्रदेशका भन्सार कार्यालयका प्रमुखहरु, राजश्व अनुसन्धान र आन्तरिक राजश्व कार्यालयका प्रमुख सहित नीजि क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

गोष्ठीले भन्सार छली नियन्त्रणका उपाय, अबैध कारोवारको निरुत्साहन,उद्योग ब्यवसाय प्रबद्र्धन र अर्थतन्त्रको चलायमानका उपायहरु खोज्ने नेपाल चेम्वर अफ कमर्स लुम्विनीप्रदेशका महासचिव शिव ज्ञवालीले बताए ।

त्यसवाहेक स्थलमार्गबाट नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सुरक्षा जांचका नाममा अनावश्यक दुःख दिंदा पर्यटकहरु भ्रमण छोट्याएर फर्किने गरेको, दोस्रो पटक भ्रमणमा आउन नखोजेको तथा भारतमा नकारात्मक सन्देश प्रवाह भएकाले त्यसको समाधानका लागि समेत यो गोष्ठी उपयोगी हुने अपेक्षा गरिएको छ ।

लुम्विनी प्रदेशका छोटी भन्सार नाकाहरुबाट अवैध सामान ओसारपसार हुने गरेको, प्रहरी प्रशासनले नियन्त्रणमा चासो नदेखाएको तथा भन्सार प्रकृया झन्झटिलो हुंदा व्यवसायीले अवैध प्रकृयाबाट सामान भित्राउने गरेको गुनासो बढेकाले सरकार र नीजि क्षेत्रको संयुक्त उपस्थितीमा यस्तो कार्यक्रम गर्न खोजिएको चेम्वरले बताएको छ ।

संघीय संसदको अर्थसमितिका सभापति सहित सदस्यहरु समेत कार्यक्रममा सहभागि हुंदा समस्या समाधानका लागि नीतिगत तहमा समेत प्रभावकारी भूमिका खेल्ने आयोजकको अपेक्षा छ । भैरहवास्थित चेम्वर अफ कमर्स सिद्धार्थनगरको सभाहलमा आयोजना हुने गोष्ठीमा नीजि क्षेत्रले उत्साहजनक सहभागिता जनाउने चेम्वर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ४२ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन