५ पुस २०८२, शनिबार | December 20, 2025

पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न



काठमाडौँ । पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

त्यसअवसरमा मन्त्री पाण्डेले पर्यटक प्रहरीलाई सघाउने विविध सङ्घसंस्था एवं व्यक्तिलाई प्रशंसापत्र प्रदान गरे ।

पर्यटकको सुरक्षाका साथै उनीहरुका समस्या समाधान र गुनासा सम्बोधनमा पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पर्यटन प्रवद्र्धनका निम्ति यस क्षेत्रमा आबद्ध सबैले आ–आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे । उनले पर्यटकहरूको सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसका लागि सरोकारवाला सबै निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकामा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष शिव अधिकारी, पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम पर्यटन उद्योगको विकासका निम्ति सरकारी एवं गैरसरकारीस्तरबाट निरन्तर प्रयास भइरहेको र त्यसलाई अझ सशक्त बनाउन यस क्षेत्रमा आबद्ध सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको