१३ भदौ २०८३, शनिबार | August 29, 2026

पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न



काठमाडौँ । पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

त्यसअवसरमा मन्त्री पाण्डेले पर्यटक प्रहरीलाई सघाउने विविध सङ्घसंस्था एवं व्यक्तिलाई प्रशंसापत्र प्रदान गरे ।

पर्यटकको सुरक्षाका साथै उनीहरुका समस्या समाधान र गुनासा सम्बोधनमा पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पर्यटन प्रवद्र्धनका निम्ति यस क्षेत्रमा आबद्ध सबैले आ–आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे । उनले पर्यटकहरूको सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसका लागि सरोकारवाला सबै निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकामा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष शिव अधिकारी, पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम पर्यटन उद्योगको विकासका निम्ति सरकारी एवं गैरसरकारीस्तरबाट निरन्तर प्रयास भइरहेको र त्यसलाई अझ सशक्त बनाउन यस क्षेत्रमा आबद्ध सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ५७ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ