५ माघ २०८२, सोमबार | January 20, 2026

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस



काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आज दूतावासमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनाका साथै नेपालमा रहेका भारतीयहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति र आश्रित परिवारलाई रु पाँच करोड बराबरको रकम वितरण र सम्मान गरे । साथै भारतीय सशस्त्र बलका दुई सय १९ जना मृतक सदस्यका श्रीमति र आश्रित परिवारलाई रु २३ करोड २९ लाख वितरण गरिएको थियो । यसमा सन् २०२४ मा सेना समूह बिमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानीहरू समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको ‘भूपु–२०२५’ पत्रिकाको पनि अनावरण गरेका थिए ।

दूतावासले नेपालका छ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई रु २३ लाख पाँच हजार बराबरको पुस्तक प्रदान गरेको छ । साथै सन् २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । बीकेजे क्विजको उद्देश्य विदेशी नागरिकहरू र विदेशमा बस्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्नु रहेको त्यस अवसरमा जानकारी दिइयो ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : १३ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच