११ पुस २०८२, शुक्रबार | December 27, 2025

पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए । “हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ”, उनले भने, “स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।”

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उनले जोड दिए । “कपोकल्पित समाचार सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालका भ्रम सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्नेलगायत गतिविधिबाट आफू र सञ्चारगृहलाई जोगाउन आग्रह गर्दछु,” मन्त्री लेखकले भने, “त्यस्ता गतिविधि बढेमा समग्र सञ्चारजगतप्रतिको विश्वास कमजोर हुन्छ ।”

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिन् । साथै उनले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकसमक्ष ध्यानाकर्षणपत्र बुझाइन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : ३६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र