काठमाडौं। हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखि सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्। जसअनुसार सभामुख घिमिरेले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा जारी रहेको छ ।
साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।


















प्रतिक्रिया