३ पुस २०८२, बिहिबार | December 19, 2025

न्यूम्युको नयाँ आउटलेट नेपालगन्जमा



नेपालगन्ज । सन ग्लास सहितको चश्माको बजार प्रवद्र्धन गर्दै आएको न्यूम्यको आउटलेट नेपालगन्जमा संचालनमा आएको छ । १९ औ आउटलेटकारुपमा न्न्यूम्यले आजबाट नेपालगन्जबाट कारोबार सुरु गरेको हो ।

आज एक कार्यक्रमका बीच कन्टेन्ट क्रियटर भ्लगर सिसान बानियाले न्यूम्य आउटलेटको शुभारम्भ गरे । नेपालगन्जको धम्बोझीमा रहेको न्यूम्यको आउटलेटबाट आज कारोबार आरम्भका अवसरमा २० प्रतिशत छुटमा चश्मा बिक्रि गरिएको नेपालगन्ज आउटलेटका संचालिका सुस्मिता क्षेत्रीले बताइन् ।

न्यूम्यले बच्चा देखि जेष्ठ नागरिकसम्मका नागरिकलाई लक्षित गर्दै सन ग्लास र बिभिन्न ब्राण्डका चश्माको बजार व्यवस्थापन गर्दै आएको छ । यसअघि बुटवल, भैरहवा, बिराटनगर, इटहरी, काठमाडौलषयतका शहरमा आउटलेट खोलेको न्यूम्यले नेपालगन्जका ग्राहकबाट पनि माया पाउने अपेक्षा राखेको न्यूम्युका बजार प्रतिनिधि अनिश अमात्यले बताए ।

६ कक्षा अध्ययन गर्दाबाट आँखामा समस्या आएर चस्मा लगाउन थालेका असिम थापाले सनग्लासको बजारलाई ध्यानमा राख्दै ७ वर्ष पहिले न्यूम्युको कारोबार सुरु गरेका थिए । नेपालमा आँखा सम्बन्धी जनचेतना फैलाइरहेको न्यूम्युले आइवेर इकोसिस्टम तयार गरिरहेको जनाएको छ अब चस्मा सँगै नेपाली पहिचान र सुन्दरताको प्रचार गर्ने योजनामा रहेको न्यूम्युका संस्थापक थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको