२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन ।

मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताए । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ । सुशासन, जवाफदेहिता र दिगो विकासविना हामीले राष्ट्रिय लक्ष्य भेट्न कठिन छ’ उनले सन्देशमा भनेका छन,‘ सहिद दिवसको यस महत्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेका छन ।

सहिद दिवसलाई मुलुक र जनताका लागि प्राणको आहुति दिने वीर सहिदहरूले गरेको योगदानलाई स्मरण एवं सम्मान व्यक्त गर्ने तथा उनीहरूले देखाएको परिवर्तन र सामाजिक न्यायको आन्दोलनलाई अझ उचाइमा पु¥याउन संकल्प गर्ने दिनका रूपमा स्मरण गरेका छन ।

मुख्यमन्त्री आचार्यले सार्वभौमसत्ता सम्पन्न नागरिक, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको समृद्ध नेपाल, सामाजिक न्याययुक्त समावेशी चरित्र बोकेको राज्य संरचना र विभेदमुक्त समानतायुक्त समाज निर्माणका लागि जीवन बलिदान गर्ने सहिदहरूले देखाएको सत्मार्गमा निरन्तर लागिरहने संकल्प गरेका छन ।

बढ्दो जनअपेक्षा, सीमित स्रोत र तरल आर्थिक अवस्थाका बीचमा पनि लुम्बिनी प्रदेश सरकार समृद्ध प्रदेशः खुसी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन । सामाजिक न्यायसहितको समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ११ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर