१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)



काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्यानल सहित प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले पहिलो पटक अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले महाधिवेशनले गरेको २ कार्यकाल पछि उठन नपाउने व्यवस्था र ७० वर्षिय उमेर हदलाई उल्ट्याएर तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

अध्यक्षपछिको शक्ति केन्द्रकारुपमा हेरिएको महासचिव पदमा ओली र पोखरेल प्यानलबाट दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि ओली प्व्यानलबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

विधान अनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ। यस्तै ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ।

९ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश र उपत्यका विशेष, तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा ठूलो संख्यामा उम्मेदवारी परेको छ। त्यस्तै केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूमा पनि निर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी, छानबिन र नाम फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ३३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित