१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सेवा प्रवाहमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘पुरानो ढर्रामा अघि बढ्ने अवस्था छैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘सेवाहरू जनमुखी र प्रभावकारी बनाउनै पर्छ । काम नगर्ने र फाइल थन्क्याउने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

भदौ २३ र २४ गतेको आन्दोलनका कारण जलेर रोकिएको सेवा प्रवाह तत्काल सुचारू गर्न उनले विषयगत मन्त्रालयहरूलाई निर्देशन दिए । ‘अत्यावश्यक सेवा तुरुन्तै थाल्नुपर्छ, ढिलाइ गर्न पाइँदैन,’ आचार्यले स्पष्ट पारे ।

यसैगरी, आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको मर्मत-सम्भार गरी पुनः सञ्चालनमा ल्याइने उनले जानकारी दिए । बैठकले आगजनीमा परेका उच्च अदालत र जिल्ला अदालतलाई सेवा सञ्चालनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ ।

निर्णयअनुसार उच्च अदालतका तीन कार्यालयलाई प्रतिअफिस पाँच लाख, जिल्ला अदालतका चार कार्यालयलाई प्रतिअफिस तीन लाख र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई तीन लाख रुपैयाँ उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : २० बजे

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक