२४ माघ २०८१, बिहिबार | February 7, 2025

अमेरिकालाई ‘डिपसक’मा पारेको चिनियाँ एआई कम्पनी – डिपसिक

कसरी बन्यो अप्रत्याशित खेल परिवर्तनकर्ता ?



चिनियाँ लुनार नयाँ वर्षको अगाडि डीपसीकले विश्वव्यापी प्रविधि (टेक) बजारमा हलचल मच्चाएको छ । सेमिकन्डक्टर दिग्गज एनभिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) उछालमा अग्रणी अन्य ठूला कम्पनीहरूको मूल्य घटाएको छ । चिनियाँ स्टार्ट–अपले सिलिकन भ्यालीले एक पटक असम्भाव्य मानेको उपलब्धि हासिल गरेको छ । र संसारलाई चकित बनाएको छ ।

हाङ्जाओ शहरमा रहेको यो टेक फर्मले पछिल्ला केही हप्तामा दुई शक्तिशाली नयाँ एआई मोडेलहरू, डीपसीक–भी३ र डीपसीक–आर १ जारी गरेको छ, जुन प्रमुख टेक कम्पनीहरूले ठूला भाषा मोडेलहरू (एलएलएमहरू) निर्माण गर्न खर्च गर्ने लागत र कम्प्युटिंग शक्तिको एक सानो अंशमै निर्माण गरिएको छ जुन प्रविधि च्याटजीपीटी जस्ता जेनरेटिभ एआई सेवाहरूको मुख्य आधारस्तम्भ हो ।

अमेरिकाले चीनको उन्नत सेमिकन्डक्टर र सम्बन्धित प्रविधिहरूमा पहुँचमा कडा प्रतिबन्धका बाबजुद डीपसीकको दुई ओपन सोर्स मोडेलहरूले प्रतिस्पर्धी उत्पादनहरूको प्रदर्शनलाई एक श्रृंखला उद्योग बेञ्चमार्क परीक्षणहरूमा कसरी पछाडि पार्न सक्यो भन्दै सामाजिक सञ्जालमा एआई समुदायले प्रशंसा गरेको छ । एक्समा एक पोष्ट गर्दै ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टमानले भनेका छन्, “डीपसीकको आर१ (R1) एक प्रभावशाली मोडेल हो, विशेष गरी उनीहरूले मूल्यको लागि के दिन सक्छन् भन्ने कुरामा ।”

डीपसीकको एआई उद्योगको चर्चा सोमबार एकाएक चरमोत्कर्षमा पुगेको देखियो जब समाचार फैलियो कि यसको ‘च्याटबट, आर१ तर्क मोडेल’ (R1 reasoning model) अमेरिका र चीनको एप्पलको एप स्टोरहरूमा निःशुल्क प्रयोग गर्न सकिने एपहरूमा शीर्ष स्थानमा पुग्यो ।

कम्पनी र यसको सफलताको स्पष्ट कारणहरू के हुन आउनुहोस बुझौं :

एक दूरदर्शी नेता
डीपसीकका संस्थापक र प्रमुख कार्यकारी लियांग वेनफेंगले सार्वजनिक रूपमा कमै कुरा गर्छन् । तर २०२३ र २०२४ मा, उनले चिनियाँ टेक मिडिया आउटलेट ३६केआर (36KR) लाई दुई अन्तर्वार्ता दिए, जसले लियांगको एलएलएम प्रशिक्षण, एआईको भविष्य र उनको व्यक्तिगत खोजीहरू बारे रिपोर्ट गर्यो ।

मे २०२३ मा डीपसीक सुरु गर्दा लियांगले उनी कृत्रिम सामान्य बुद्धिमत्ता ( Artificial General Intelligence AGR) अनुसन्धानमा केन्द्रित रहेको बताएका थिए । उनले यस अनुसन्धानको नतिजा सबैलाई खुला बनाउने इच्छा व्यक्त गरेका थिए ताकि यो प्रविधि “सानो समूह र व्यवसायहरू” को हातमा मात्र नरहोस् । उनका अनुसार डीपसीकको टिम बनाउँदा उस्तै जोश भएका नयाँ सदस्यहरू खोजी भएको छ ।

एजीआईले मानवजस्तो बुद्धिमत्ता र आत्म–शिक्षण क्षमता भएको सफ्टवेयरलाई जनाउँछ, जसले यसलाई प्रशिक्षित गरिएको नभए पनि कार्यहरू गर्न सक्छ ।

मे २०२४ मा डीपसीक–भी२ को लन्च पछि लियांगले चिनियाँ फर्महरूले आफ्नै फ्रन्टियर अनुसन्धान गर्न अनिच्छुक देखाएकोमा निराशा व्यक्त गरे । “चीन विश्वव्यापी नवप्रवर्तनमा योगदानकर्ता हुनुपर्छ, केवल निःशुल्क प्रयोगकर्ता मात्र बन्नु हुँदैन,” लियांग भन्छन् । उनले व्यवसायिक आवश्यकताको सट्टा नवप्रवर्तन जिज्ञासा र सिर्जनाको इच्छाद्वारा संचालित हुने बताए ।

उनका अनुसार डीपसीक टिमले एआई उद्योगमा “सबैभन्दा गाह्रो कुराहरू” मा काम गर्ने निर्णय गर्यो । डीपसीकको भी३ र आर१ मोडेलहरूले प्राप्त गरेको व्यापक प्रशंसाको आधारमा भन्नुपर्दा यो मौलिक अनुसन्धानको प्रतिबद्धताले स्टार्ट–अपलाई फाइदा दिएको छ।

लियांगको जन्म १९८५ मा दक्षिणी गुआङगडोङ्ग प्रान्तको झानजियाङग शहरमा भएको थियो । उनका बुबा प्राथमिक विद्यालयका शिक्षक थिए । २००२ मा, लियांग पूर्वतिर जियांग विश्वविद्यालयमा सूचना इन्जिनियरिङमा उच्चशिक्षा अध्ययन गर्न गए जहाँबाट उनले २०१० मा स्नातक गरे । सूचना इन्जिनियरिङले सामान्यतया कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक इन्जिनियरिङ, डाटा विज्ञान, सूचना सुरक्षा, दूरसञ्चार नेटवर्किङ र एआईका तत्वहरू समावेश गर्दछ ।

विश्वविद्यालयको त्यस अवधिमा, लियांगले मेशीन–लर्निङ प्रविधिलाई मात्रात्मक व्यापारमा लागू गर्नमा रुचि विकास गरे । सन २०१५ मा, लियांगले हाई–फ्लायर क्वान्ट स्थापना गरे, जसले डीप–लर्निङ एल्गोरिदम प्रयोग गरेर मुख्यभूमि चीनको सबैभन्दा ठूलो मात्रात्मक हेज फन्ड मध्ये एक चलाउँछ ।

२०१७ को अन्त्यमा, हाई–फ्लायर क्वान्टको लगभग सबै कार्यहरू एआई–चालित मोडेलहरूद्वारा चलिरहेका थिए जसले फर्मलाई यसको हार्डवेयर, सफ्टवेयर र एल्गोरिदम टिमहरू विस्तार गर्न प्रेरित गर्यो । २०१९ सम्ममा, हेज–फन्ड म्यानेजरको कुल सम्पत्ति १० बिलियन युआन (युएस४१.४ बिलियन) नाघ्यो । २०२१ मा यसको कुल सम्पत्ति केही समयका लागि १०० बिलियन युआन नाघ्यो ।

‘युवा प्रतिभाहरू’ को टिम
डीपसीकमा युवा वैज्ञानिकहरूको टिम छ । सिंघुआ विश्वविद्यालय र पेकिंग विश्वविद्यालयबाट चीनका केही उत्कृष्ट विश्वविद्यालयहरू, चिनियाँ विशेषज्ञ युवाहरु यहाँ काम गर्छन् । डीपसीकले मुख्यतया यी विद्यालयहरूबाट नयाँ स्नातकहरू भर्ना गरे पनि लियांगले फर्मले पीएचडी उम्मेद्वारहरू र केही वर्षको अनुभव मात्र भएका युवा एआई पेशेवरहरू पनि भर्ना गरेको बताएका छन् । उदाहरणका लागि, आर१ मोडेलको प्राविधिक पेपरमा लगभग २०० अनुसन्धानकर्ताहरूद्वारा सह–लेखन गरिएको देखाएको छ, जसमा १८ कोर योगदानकर्ताहरू समावेश छन् ।

हाल राष्ट्रिय स्पटलाइटमा रहेकी डीपसीकी पूर्व कर्मचारी, लुओ फुलका अनुसार स्याओमीका संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी लेई जुनले उनलाई १० मिलियन युआनको वार्षिक मुआवजा प्याकेज प्रस्ताव गरेका थिए । पछिल्लो रिपोर्टहरू अनुसार पनि पेकिंग विश्वविद्यालयका पूर्वछात्र लुओ (जो चिनियाँ मिडियाद्वारा “एआई प्रतिभा” को रूपमा चिनिन्छिन् )ले अहिलेसम्म स्याओेमीको प्रस्ताव स्वीकार गरेका छैनन् । उनीहरु डीपसीकमै कार्यरत छन् ।

फन्डिङ र कम्प्युटिंग संसाधनहरू
चिनियाँ व्यवसाय ट्र्याकिंग प्लेटफर्म टियान यानचाको जानकारी अनुसार डीपसीकको कुल दर्ता गरिएको पूँजी केवल १० मिलियन युआन मात्र छ । तर यसले हेज–फन्ड म्यानेजर हाई–फ्लायर क्वान्टको वित्तीय संसाधन र टेक इन्फ्रास्ट्रक्चरबाट फाइदा लिँदैछ ।

गत जुलाईमा लियांगले हाई–फ्लायर क्वान्टको समस्या पैसा नभै चीनलाई उन्नत चिपहरू निर्यात गर्न अमेरिकी प्रतिबन्ध भएको उल्लेख गरेका थिए । मे २०२३ मा लियांगले थप विस्तृत ब्याख्या नगरीकन यसले एनभिडियाबाट १०,००० भन्दा बढी ग्राफिक्स प्रोसेसिङ्ग युनिटहरू सञ्चय गरेको बताएका थिए ।

२०२३ अप्रिलमा एक वीच्याट पोष्टमा हाई–फ्लायर क्वान्टले “एजीआईको विस्तृत अन्वेषण गर्न” समर्पित एक स्वतन्त्र अनुसन्धान संस्था स्थापना गर्न ध्यान केन्द्रित गरेको बताएको थियो । र यसमा समान विचारधारा भएका टिम सदस्यहरू भर्ना भर्ना गर्न आशा गरेको थियो । “हामी महत्वपूर्ण र दीर्घकालीन लगानीहरू गर्नेछौं, औसत कार्यबाट वच्नेछौं र दीर्घकालीन दृष्टिकोणका साथ ठूला प्रश्नहरूमा अगाडि बढ्नेछौं,” कम्पनीले भनेको थियो । त्यसपछि यसले डीपसीकलाई एक स्वतन्त्र उद्यमको रूपमा अलग गर्यो ।

लियांगले डीपसीकले छोटो समयमा बाह्य फन्डिङ उठाउने योजना नराखेको बताएका छन् । यो रणनीति अन्य युवा चिनियाँ एआई उद्यमहरूले गरिरहेको कुराको विपरीत छ । उदाहरणका लागि, चिनियाँ मिडिया रिपोर्टहरुका अनुसार चीनका छ प्रमुख एलएलएम स्टार्ट–अपहरू – झिपु एआई, मुनसट एआई, मिनीम्याक्स, बाइचुआन एआई, स्टेपफन र ०१.एआई – ले २०२४ मा लगभग एक दर्जन फन्डिङ राउन्डहरू मार्फत कम्तिमा २० बिलियन युआन उठाएका थिए ।

प्रबन्धनको स्टार्ट–अप मानसिकता
लियांगले गत जुलाईमा भने कि डीपसीकसँग कम्प्युटिंग संसाधनहरू वा प्रतिभा भर्नामा कुनै सीमा छैन किनभने कम्पनीसँग कुनै आन्तरिक तहहरू वा विभागीय विभाजनहरू छैनन् । एक युवा कम्पनीको लागि यो नवीनतम टेक विकासहरूमा छिटो अगाडि बढ्न वा प्रतिक्रिया दिन एक आदर्श सेट–अप जस्तो देखिन्छ ।

लियांगका अनुसार डीपसीकले यसका कर्मचारीहरू बीच “प्राकृतिक” श्रम विभाजन अभ्यास गर्दछ । “हरेक व्यक्तिको आफ्नै अनौठो जीवन पथ र आफ्नै विचारहरू हुन्छन् । उनीहरूलाई धक्का दिनु आवश्यक पर्दैन,” उनी भन्छन् ।

साउथ चाइना मर्निङ पोस्टबाट

 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ३७ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल