७ आश्विन २०८३, बुधबार | September 23, 2026

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल



लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् ।

बुधबार मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिए । उनले निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले आफू २०४८ सालदेखि राजनीतिमा लागेको बताए । उनले भने, “गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ । विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।”

राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपति पौडेलले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राखे । ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उनको भनाइ छ ।

अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताए । सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उनले जोड दिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ४६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११