२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवल लेडी जेसीज र बुटवल जेसीजद्वारा सहिदको सालिकमा माल्यार्पण कार्यक्रम



बुटवल । बुटवल लेडी जेसीज र बुटवल जेसीजको संयुक्त आयोजनामा बुटवलस्थित मणिमुकुन्द सेन उद्दान, फूलबारीमा रहेको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ ।

आज माघ १६ गते सहिद दिवसको दिन पारेर देश र समाज निर्माणमा आफ्नो जीवन आहुति गर्ने महान सहिदहरुप्रति सम्मानसहिद माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष एवम् सल्लाहकार अध्यक्ष राजु पौडेल जेसीस बर्ष २०२५ को पहिलो कार्यक्रम सहिद दिवसबाट सुरु भएको भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

राष्ट्र निर्माण गर्न योगदान दिने ब्यक्तित्वहरुलाई बेलाबेलामा सम्झिदा आउने पुस्तालाई समेत यसको महत्व बढ्ने भन्दै उनले अहिलेको पुस्तामा सामाजिक, इतिहास र नैतिक शिक्षाको जग कमजोर बनिरहेको भन्दै यस्ता कार्यक्रमहरुमा नया पुस्तालाई पनि जोड्दा प्रभावकारी हुने बताए ।

बुटवल जेसीज २०२५ का अध्यक्ष मोहन न्यौपानेले देशमा लोकतान्त्रिक अभ्यास सुरुवात गराउन वीर सहिदहरुले खेलेको भुमिका अतुलनीय रहेको बताएका थिए ।

यस्तै लेडी जेसीज २०२५ का अध्यक्ष रुपा श्रेष्ठले सहिदहरुप्रति एकदिन मात्रै नभएर सदैव सम्मान रहेको बताउदै सहिदले देखाएको बाटोमा ईमान्दारपुर्वक लाग्नुपर्ने बताईन ।

बुटवल लेडि जेसीज र बुटवल जेसीजको सम्युक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहिदहरुको सालिकमा पुष्पगुच्छाले माल्यार्पण गरिएको थियो भने सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ०४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल