३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल लेडी जेसीज र बुटवल जेसीजद्वारा सहिदको सालिकमा माल्यार्पण कार्यक्रम



बुटवल । बुटवल लेडी जेसीज र बुटवल जेसीजको संयुक्त आयोजनामा बुटवलस्थित मणिमुकुन्द सेन उद्दान, फूलबारीमा रहेको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ ।

आज माघ १६ गते सहिद दिवसको दिन पारेर देश र समाज निर्माणमा आफ्नो जीवन आहुति गर्ने महान सहिदहरुप्रति सम्मानसहिद माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष एवम् सल्लाहकार अध्यक्ष राजु पौडेल जेसीस बर्ष २०२५ को पहिलो कार्यक्रम सहिद दिवसबाट सुरु भएको भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

राष्ट्र निर्माण गर्न योगदान दिने ब्यक्तित्वहरुलाई बेलाबेलामा सम्झिदा आउने पुस्तालाई समेत यसको महत्व बढ्ने भन्दै उनले अहिलेको पुस्तामा सामाजिक, इतिहास र नैतिक शिक्षाको जग कमजोर बनिरहेको भन्दै यस्ता कार्यक्रमहरुमा नया पुस्तालाई पनि जोड्दा प्रभावकारी हुने बताए ।

बुटवल जेसीज २०२५ का अध्यक्ष मोहन न्यौपानेले देशमा लोकतान्त्रिक अभ्यास सुरुवात गराउन वीर सहिदहरुले खेलेको भुमिका अतुलनीय रहेको बताएका थिए ।

यस्तै लेडी जेसीज २०२५ का अध्यक्ष रुपा श्रेष्ठले सहिदहरुप्रति एकदिन मात्रै नभएर सदैव सम्मान रहेको बताउदै सहिदले देखाएको बाटोमा ईमान्दारपुर्वक लाग्नुपर्ने बताईन ।

बुटवल लेडि जेसीज र बुटवल जेसीजको सम्युक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहिदहरुको सालिकमा पुष्पगुच्छाले माल्यार्पण गरिएको थियो भने सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ०४ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने