३ पुस २०८२, बिहिबार | December 19, 2025

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित



बागलुङ । प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो ।

किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनले बताए ।

डा सापकोटाका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ । विगत चार वर्षदेखि यहाँका किसानलाई अनुदान दिन थालिएको हो । विज्ञ केन्द्रले यहाँका करिब आठ सय किसानलाई अनुदान दिँदै आएको छ । “जिल्लामा धेरै किसानले दूध उत्पादन गर्दै आउनुभएको छ, त्यसमध्ये झन्डै एक सय जनाले व्यावसायिक रूपमै बाह्रै महिना दूध बिक्री गर्नुहुन्छ । पहिले दुई रुपैयाँ दिँदै आएका थियौँ, यस वर्षदेखि पाँच दिन थालिएको छ”, उनले भने, “यस वर्ष आठ लाख लिटर दूधका लागि रु ४० लाख विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ ।”

हाल सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ । प्रतिव्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

काठेखोला गाउँपालिका-६ का दुग्ध उत्पादन किसान सुरेश कँडेलले राज्यले उत्पादनमा आधारित अनुदान दिँदा आफूजस्ता धेरैलाई काम गर्न उत्साह बढेको बताउँछन ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : ४५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको