७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौं । ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँड्दा सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो।

सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ११ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज