२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौं । ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँड्दा सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो।

सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ११ : ४० बजे

मधेशमा दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

बैङ्कक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी,

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला

चारलेन सडक निर्माणसँगै खजुराबजारको फेरिएको मुहार

बाँके । विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक