२९ माघ २०८१, मंगलबार | February 11, 2025

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा



ललितपुर । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

राजदूत मायदाले भने, “हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।”

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे । ‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पु¥याउन उल्लेख्य भूमिका खेलेको बताए । अलमनाई एशोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका बिरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ ।

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : २८ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा