११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा



ललितपुर । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

राजदूत मायदाले भने, “हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।”

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे । ‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पु¥याउन उल्लेख्य भूमिका खेलेको बताए । अलमनाई एशोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका बिरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ ।

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : २८ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०