७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग



काठमाडौँ, १८ माघ स् नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ ।

सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासङ्घले गठन गरेको ‘मिडिया मिसन’ ले तयार पारेको प्रतिवेदन आज सार्वजनिक गर्दै पत्रकार दाहाललगायतका धरानका पत्रकारमाथि हुने धाकधम्की र आक्रमणका कारण विस्थापित हुनेसम्मको अवस्था आएको जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “यसले दीर्घकालमा समाजलाई नै अहित गर्ने भएकाले नागरिकस्तरमा पत्रकारको सुरक्षा, पत्रकारिताको महत्व र सूचनाको अधिकार विषयमा सार्वजनिक रूपमा बहस गर्न आवश्यक छ ।”

महासङ्घले सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुखबाटै सामाजिक सञ्जालमार्फत आतङ्क सिर्जना गर्ने र प्रमुखका समर्थकले पीडित र परिवारलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा लेख्ने, भिडियो बनाउने, व्यक्तिगत मोबाइल नम्बर, म्यासेन्जरमा धम्कीपूर्ण भाषा प्रयोग गरेर निरन्तर गाली गरिरहेकाले उक्त कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

“स्थानीय सरकार प्रमुखले नेपालको संविधानमा भएका व्यवस्था नमान्ने, आफूलाई कानुनमाथि राखेर कानुन विपरीत कार्य गर्नु वाञ्छनीय होइन, आफ्नो लागि आफैँ कानुन बनाउने अभिव्यक्ति दिने गरेका नगरप्रमुखमा नेपालको प्रचलित कानुन र त्यसको अभ्यासका बारेमा जानकारी अभाव वा दम्भ देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

पत्रकारले आफू सुरक्षित रहेको महसुस गरेको अवस्थामा मात्र निर्भिक भएर पत्रकारिता गर्ने वा विकृति विरुद्ध कलम चलाउने वातावरण बन्ने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई