१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ



काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध गरे पछि महासंघले सो घटना बारे जानकारी दिन मागसमेत गरिएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति निकाल्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै महासंघले तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघको समन्वयमा सुरक्षा निकायले अहिले ती गाडीहरु हटाउन सुरु गरेको छ । कान्तिपुर अगाडीको गाडी क्रेन लगाएर उठाइएको छ भने अन्य २ स्थानमा पनि प्रहरी टोली पुगिसकेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ५० बजे

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९