४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रादेशिक महोत्सव २०८१ नवौं दिन : एक हजार बालबालिकालाई एकै पटक मनोरञ्जन दिने बाल उद्यान



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जना बढी बालबालिकाहरुले मनोरञ्जन लिइरहेका छन् । बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्र्थी शाहका अनुसार एकै पटक एक हजार बालबालिकाले बाल उद्यानबाट मनोरञ्जन लिइरहेका छन् ।

बाल उद्यानमा एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो डुंगा), ५० जनाले एक साथ खेल्न मिल्ने सानो डुंगा, १० जनाले खेल्ने सानो नाउ राखिएका छन् भने एकै पटकमा ४० जनाले खेल्न सक्ने ठूलो २ वटा झुला (पिङ) राखिएका छन् । एउटा मिनी रेल, दुई वटा मिक्की माउस, ब्रेक डान्स, ३ वटा जम्पिङ, ६(६ जना बच्चाले खेल्न मिल्ने नानो कार र धुम बाइक पनि महोत्सवमा राखिएको छ । २४ जना क्षमताको चेरो प्लेन, २० जना क्षमताको मिनी रेल पनि रमाइलो मेलाको आकर्षण बनेको छ । सञ्चालक शाह भन्छन्, ‘यी सबै खेल एकसाथ खेलाउँदा पनि हामीसँग एकैपटकमा एक हजार जनालाई एकसाथ खेलाउन सक्ने क्षमता छ । विदाका दिनमा रमाइलो मेलामा अलि बढी भीँड लाग्ने गरेको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको बाल उद्यान तथा विविध मनोरञ्जन उप–समितिका संयोजक शिवप्रसाद दाहालले महोत्सवको अर्को आकर्षण बाल उद्यान तथा रमाइलो मेला भएको बताए । ‘धेरै जनाको रोजाइ नाउडा (ठूलो डुंगा) र अग्लो पिङ हुने गरेको छ । बालबालिकाहरु जम्पिङमा बढी रमाइरहेको देख्छु’, संयोजक दाहाल भन्छन्, ‘कोही स्टलका सामान किन्न आउँछन् । कोही सांगितिक कार्यक्रममा रमाउँछन् । कसैले रमाइलो मेलाबाट मनोरञ्जन लिइरहेका छन् ।’

महोत्सवको प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द महोत्सवमा दिनदिनै दर्शकको आकर्षण बढिरहेको बताउँछन् । उनले लामो समयको अन्तरालमा नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेकाले सबैलाई एक पटक भए पनि मेलामा अवलोकनका लागि आग्रह गरे ।

रुपा घर्तीले पशुपति शर्मालाई भाले बास्न भनेपछि….

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव लोकप्रिय गायक पशुपति शर्माले दर्शकलाई खुबैै नचाए । जाम भने जान्छेउ र माया, पोखरा फेवाताल घुम्नलाई….बोलको गीत गाउँदै स्टेज उक्लेका पशुपति शर्माले क्याम्पस पढ्न आउने…, क्यान माया मारिछौ सानी….,सारङ्गी ¥याइ¥याई….लगायतका आफ्ना आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको माया बटुलेका थिए ।

कार्यक्रमका अन्तिम अथिति कलाकार शर्माले सांंगितिक कार्यक्रमको समापन लोक दोहोरी गायिका रुपा घर्ती मगरसँग लाइभ दोहोरी गाएका थिए । उनले लेजिड फस्ट भन्दै रुपालाई पहिले गीत गाउन भने । रुपाले लेजिड फस्ट हुन मानिनन् । भनिन्, ‘हुँदैन । पहिले भाले बास्छ दाइ।’

लोक पप गायक टंक तिमिल्सैनाले पनि नेपालगन्जमा आफूले पढेका दिन याद गर्दै दर्शकलाई नाच्ने बनाएका थिए । उनले मेरी चम्पा…., मन माया….र देउडा गाएर दर्शकलाई समूह समूहमा नाच्न बाध्य बनाएका थिए । कार्यक्रममा डान्सर अन्जु सुनारले मनमोहक नृत्य प्रस्तुत गरेकी थिएन् ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको दशौं दिन शनिबार चर्चित गायक प्रकाश दूतराज, गायिका रचना रिमाल र डान्सर अञ्जली अधिकारीको प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : २३ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित