१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण



नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग जम्मा गरेका छन् । संघको तर्फबाट राहत कोषमा जम्मा हुने गरि ६ लाख एक हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

संघले कोषका नाममा काटिएको ६ लाख १ हजारको चेक आज बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङलाई हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघ नेपालगन्जका नव निर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीसहितको टोलिले जिल्ला प्रशासन कार्यालय बाँके पुगेर सहयोग रहकम हस्तान्तरण गरेको हो । अध्यक्ष ओलीको नेतृत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यसहित कार्य समितिका पदाधिकारी र सदस्य सम्मिलित प्रतिनिधिहरु चेक हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

कोषमा जम्मा गरिएको रकममा संघले संस्थागत रुपमा १ लाख ५१ हजार र अरु रकम अध्यक्ष चिरञ्जीवी ओलीले १ लाख ११ हजार, पूर्वअध्यक्ष, कार्य समितिका पदाधिकारी, सदस्य र उद्योगी व्यवसायीले व्यक्तिगत रुपमा संकलन गरिएको संघले जनाएको छ ।

चीनको तिब्बतमा हिमताल फुटेर १० भदौमा भोटेकोशी नदीमा आएको विनासकारी बाढीका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सघाउन सम्पूर्ण उद्योगी, व्यवसायीलार्ई आ(आफ्नो क्षमताअनुसार सक्दो सहयोग गर्न अध्यक्ष ओलीले अपील गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १० : १५ बजे

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति