१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

पहिलो निर्णय बाढी पीडितका नाममा साढे पाँच लाख बढीको राहत सहयोग दिने घोषणा



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनियताको सपथ सहित पदभार ग्रहण गरेका छन् । गत भाद्र ६ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले आज एक कार्यक्रमका बीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीलाई निर्वाचन आयुक्त एवम् अधिवक्ता तिर्थराज ज्ञवालीले शपथ गराएका थिए भने अध्यक्ष ओलीले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई शपथ खुवाए । शपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सकिएसँगै संघका पक्ष विपक्षको विवाद समाप्त भएको बताए । उनले आफ्नो नेतृत्वको टिम आफुहरुलाई मतदान नगर्नेहरुको पनि व्यवसासयक प्रतिनिधि भएको उल्लेख गर्दै संघले अव उद्योगी, ब्यवसायीका समस्यामा मात्र केन्द्रीत भएर काम गर्ने बताए ।

उनले नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक हब बनाउन, भन्सार तथा सिमा ब्यापार ब्यवस्थापन, लगानी मैत्री वातावरण निर्माण गर्नका लागि समन्वय गर्ने बताए ।

नव निर्वासचत अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई प्रतिनिधि सभाका सांसद एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा साँसद राई सहित लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्न खत्री, प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद बादशाह कुर्मी, मिना श्रेष्ठ, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, संघका निर्वतमान अध्यक्ष टंक धामी, पुर्वअध्यक्षहरु, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, लगायतले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो क्रममा संघका नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो ब्यक्तिगत फर्मसहित संघका पदाधिकारी तथा सदस्यबाट संकलित र संस्थागततर्फबाट रसुवाका बाढी पीडितका लागि ५ लाख बढीको राहत रकम प्रदान गर्ने घोषणा गरे । कार्यक्रमको बीचमा सीमा ब्यापारलाई ब्यवस्थापन गर्नका लागि सशस्त्र प्रहरी बललाई संघको तर्फबाट एक थान ड्रोन क्यामेरा हस्तान्तरण गरिएको थियो ।

यही भदौं ६ गते सम्पन्न भएको संघको निर्वाचनबाट अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका थिए । यस्तै संघको उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य) र उपाध्यक्ष (उद्योग) मा कमल कुमार कार्की निर्विरोध निर्वाचित भएका थिए भने निर्वाचन प्रक्रियाबाट उपाध्यक्ष (महिला) मा रुपा ओझा (सानु), महासचिवमा विष्णु श्रेष्ठ, उप(महासचिवमा प्रदीप आचार्य, कोषाध्यक्षमा टीकामणि उपाध्याय निर्वाचित भएका थिए ।

संघको सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दराम जैसी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, नगेन्द्र शाही, शरदप्रसाद रिजाल र सुरजबहादुर भण्डारी निर्वाचित भएका थिए । सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेश जंग बन्जारा तथा एसोसियट सदस्यतर्फ राजीव तलङ्गा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका थिए ।

संघको नवनिर्वाचित कार्यसमितिको आजै संघको कार्यालयमा पदभार ग्रहण भएको छ । संघको पहिलो बैठकले रसुवा बाढी पीडितलाई संघको तर्फबाट राहत उपलब्ध गराउने, उद्योगी व्यवसायीहरुलाई स्वएच्छाले राहत सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ९ : ५० बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५