१३ बैशाख २०८३, आइतबार | April 27, 2026

सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन



नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल-३ स्थानीय लेखनाथ रायले बताए ।

उनका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।

सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफनो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधिन हाटबजार एकान्तमा रहेकोले व्यपारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधिन हाटबजार लगाउन भनेपनि व्यपारीले भने त्यहाँ बजार नलगाउने सरावल-३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए ।

उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गएपनि पछि आम्दानीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बनाएका हुन ।

पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरेपनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : १६ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र