२१ माघ २०८२, बुधबार | February 4, 2026

प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा पहिलो भेटमै हत्या



अछाम । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट अछामको छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुई किशोरीको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले स्थानीय सरस्वती र इशराको हत्या भएको निश्कर्ष सुनाएका हुन् । प्रहरीले प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा एकजनाको हत्या गरिएको र घटना लुकाउन अर्का किशोरीको हत्या भएको जनाएको छ । हत्या आशंकामा पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको नायव उपरीक्षक भण्डारीले बताएका छन् । ‘किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ।’ डिएसपी भण्डारीले भने ।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको र दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको अवस्थामा पहिलो पटक छिन्ने जङ्गलमा भेट भएको थियो ।

शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भए अनुसार मृतक इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच कुराकानी भइरहेको हुन्छ । उनीहरुबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका हुन्छन् ।

यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले पनि प्रेम प्रस्तावका लागि संवाद सुरु गरेको प्रहरीको भनाई छ । इशारा र अर्का किशोरले जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्दा सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरेपछि आवेशमा आएका किशोरले ढुँगाले हानेर सरस्वतीको हत्या गरेको प्रहरी प्रमुख डिएसपी भण्डारीले दाबी गरे । पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरिएको उनले बताए ।

प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

‘घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने ती किशोरले आकस्मिक योजना बनाउँछन् । इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरिन्छ, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको देखिन्छ’ प्रहरी प्रमुख भण्डारीले पत्रकार सम्मेलनमा भने ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २२ बजे

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल