बुटवल । राधाकृष्ण युवा क्लबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट रिम बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ ।
शनिबार भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष राज कुमार भट्टराई, उपाध्यक्ष सुमित खनाल, सचिव शंकर परियार, सह-सचिव कविता सुनार, कोषाध्यक्ष विश्वजित ताम्राकार तथा सदस्यहरुमा सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल, बिक्रम तिवारी, पद्मा नेपाली, संगिता रणपाल सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत बिरमान लामाले बताए ।
शनिबार अधिवेसनसंगै क्लबको नवनिर्मित भवनको समेत बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालबाट उद्घाटन गरिएको छ ।
यसैबिच नवनिर्वाचित अध्यक्ष सारुले क्लबको गरिमालाई थप उचाईमा लग्ने र बाकी रहेका कामलाई निरन्तरता दिने प्रतिवद्धता दिए ।



















प्रतिक्रिया