२३ भदौ २०८३, मंगलबार | September 9, 2026

त्रिकोणात्मक महिला टी-२० सिरिज : नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ ।

उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ ।

तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ ।

बिहीबार भएको पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको थियो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो ।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई मात्र १०२ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य थाइल्याण्डले ६ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : २९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी