७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपा नेपालको बैठक आज पनि जारी रहने



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । शनिबार देखी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठक सोमवार पनि जारी रहने भएको हो ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल भइरहेको छ । साथै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समिक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेका छन् ।

मधेश केन्द्रीत दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई