४ पुस २०८२, शुक्रबार | December 20, 2025

दीप बोर्डिङ स्कूलमा सरस्वती पूजासँगै विद्यार्थीको ‘दीप साहित्यिक बाटिका’ विमोचन



बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ माविका विद्यार्थीले प्रकाशन ‘दीप साहित्यिक बाटिका’को सोमबार सरस्वती पूजाको अवसर पारी विमोचन गरिएको छ । विद्यालयमा विद्यार्थीका कला, साहित्य र प्रतिभाहरुको प्रोत्साहनका लागि साहित्यिक बाटिका (भित्रे पत्रिका) प्रकाशन गरिएको हो ।

साहित्य बाटिकाको विमोचन गर्दै अभिभाव संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको अध्ययनलाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए । बालबालिकाहरुमा भएका प्रतिभहरुको पहिचान र प्रस्फुटनका लागि साहित्यिक बाटिकाले भूमिका खेल्ने बताउँदै उनले नियमित प्रकाशनका लागि शुभकामना दिए । मासिक रुपमा प्रकाशन हुने साहित्यिक बाटिकामा विद्यार्थीले सिर्जना गरेका चरनात्मक लेख, कथा, कविता, चित्रकला, निबन्ध लगायतका सामग्री तथा विद्यालयमा सञ्चालन गरिने विभिन्न शैक्षिक गतिविधिहरुलाई समेत प्रकाशन गरिने विद्यालयका प्राचार्य टिकाराम न्यौपानले बताए ।

बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजु, विद्यालयका सहप्राचार्यत्रय सुरेन्द्रमान शाक्य, ज्ञानु थापा र कलाधर अर्यालल लगायतले विद्यार्थीको सिर्जनात्मक क्रियाकलापका लागि शुभकामना व्यक्त गरे । विद्यालयमा सोमबार विद्यार्थीले सरस्वती पूजामा सहभागी हुनुका साथै ७५ जना बढी बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको