१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा अब्बल र उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै लगनशिल विद्यार्थी तथा शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, काठमाडाैं विश्वविद्यालय स्कुल अफ एजेकेशनका एसोसियट डिन डा. हेमराज काफ्ले, एसिस्टेन प्रोफेसर डा. सिद्धार्थ ढुङ्गाना, अभिभावक संघ लुम्विनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघ बुटवलका अध्यक्ष तेजेन्द्र खनाल, विद्यालयका प्राचार्य टिकाराम न्यौपान उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, सदस्य बसन्तकुमार श्रेष्ठ, शिक्षक छवी ज्ञवाली, विजय सापकोटा, विद्यार्थी आशिका थापालगायतले उत्कृष्टता हासिल गरेका र माथिल्लो कक्षामा पुगेका विद्यार्थीहरुलाई थप शैक्षिक सफलताको शुभकामना दिएका थिए । शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : ४४ बजे

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र