९ चैत्र २०८२, सोमबार | March 24, 2026

बुटवलमा आजदेखि क्यान्सर विरुद्धको ‘एचपिभी खोप’ लगाइदैं



बुटवल । बुटवल उपमहानगरपालिकामा आजदेखि करिब १० हजार किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइँदै छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एचपिभी खोप अभियानमा बुटवलमा ९ हजार ९६१ जना किशोरीहरूलाई खोप लगाइने भएको हो ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपिभी खोप लगाउने गरी तयारी गरीएको बताए ।

यहाँ खोप लगाउन कुल ८३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानमा छुटेकाहरुलाई आम्दा अस्पतालमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । बुटवलमा आवश्यक खोपको मात्रासमेत आइसकेको उनले बताए । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप दिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने स्वयमसेवकहरु तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुकिकरणका कार्यक्रमहरु गरिएको उनले बताए ।

बुटवलमा खोप अभियानका लागि १७२ जना स्वास्थ्य स्वयम् सेविका, ७० जना विद्यालयका शिक्षिका तथा नर्स र ४६ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ११ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११