४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिद्धार्थ कटेजको २७ औं वार्षिकोत्सव, विविध कार्यक्रम गरि मनाउँदै



बुटवल । हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ कटेज रेष्टुरेन्ट बुटवलले आफनो २७ औं वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ ।

स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७, भलबारीस्थित सृजनशिल संस्था नेपालमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

संस्थामा आश्रित ३२ जना बालबालिकासहित ४० लाई शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरिएको कटेजका प्रबन्धक पुरुषोत्तम आचार्यले बताए । सेवामुलक संस्थाको रुपमा पहिचानसंगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको भन्दै उनले स्थापना दिवसकै अवसरमा २२ गते रक्तदान र २३ गते शुभकामना आदानप्रदान कार्यक्रम हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा रक्तदान कार्यक्रम गरिने उनले बताए ।

२७ औं स्थापना दिवसको दिन ग्राहकलाई कटेजको खानामा २७ प्रतिशत छुट दिईने उनले बताए । मिलनचोकमा रहेको कटेजमा हाल १७ जना किचन स्टाफसहित ६२ जना कर्मचारी कार्यरत छन ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको