५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल



सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो ।

‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ विभागले भनेको छ ।

होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । कर्णाली प्रदेसकै सुबिधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन् ।

साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा समेत होटलमा लिन सकिन्छ । यस्तै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होचलमा समावेश छन् ।

विसं. २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देसक केशब न्यौपानेले जनाएका छन ।

२६ वर्ष अघि टिकापुरबाट ब्याबसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेबा सञ्चालन गरिरहेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : ४५ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको