३ चैत्र २०८२, मंगलबार | March 17, 2026

गाउँपालिकामा नगर प्रहरी, डुडुवा गाउँपालिकाले बनायो नगर प्रहरी संगठन



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले पालिकास्तरको नगर प्रहरी संगठन निर्माण गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा नगर प्रहरी परिचालन कार्यबिधि पारित भएसँगै गाउँपालिकाले नगर प्रहरी परिचालन गरेको हो ।

स्थानीय तह अन्र्तगत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा खटिने गरि पालिकाले नगर प्रहरी परिचालन कार्यबिधि बनाएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । स्थानीय सरकार अन्तर्गतका सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको उनले बताए ।

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा परिचालित हुने अध्यक्ष चौधरीले बताए ।

नगर प्रहरीमा प्रहरी निरिक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको अवकाश प्राप्त पूर्व प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले बताए । हाललार्ई डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जनाको सांगठानिक संरचना बनाइएको केसीले बताए ।

उनका अनुसार भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभवी रहेका छन् । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम सेमत प्रदान गरिएको पूर्व डिएसपी केसीले बताए ।

नियुक्त भएका प्रहरी अधिकारीहरुलाई गाउँपालिकाले दर्ज्यानी चिन्हले सुशोभन समेत गरिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले पालिकाको शान्ति सुरक्षा र सुशासनका लागि इमान्दार भएर काम गर्न सकल दर्जाका नगर प्रहरीलाई निर्देशन दिए ।

 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ०६ बजे

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका