११ असार २०८३, बिहिबार | June 25, 2026

डुडुवा गाउँपालिकाद्धारा राप्तीमा शबदाह गृह निमार्ण हुदै



बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट निमाणलाई तिब्रता दिइएको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ स्थित राप्ती नदीको पुल नजिकै बन्दै गरेको शबदाह घाट निमाणलाई तिब्रता दिइएको हो ।

जिल्लाका विभिन्न स्थानबाट शब जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार राप्ती नदी सिधानिया घाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निमार्ण शुरु गरेको छ ।

आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शब दाह गृह निमार्ण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।

गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भईरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनले नदीको छेउमा पानी भरेका कारणले शबदाह गृह निमार्ण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताए । उनका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निमार्ण गरिनेछ ।

शबदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताए ।

 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ३६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा