४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवनमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस आजैबाट



चितवन । साहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दाको अभियोग लागेका रवि लामिछानेको बयान भर्खरै सकिएको छ । उनको बयान बिहान पौने १२ बजेदेखि सुरु भएको थियो । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी अमृत सुवेदीका अनुसार साढे ३ बजे बयान सकिएको हो । उनका अनुसार बयान सकिएलगत्तै थुनछेक बहसको तयारी गरिएको छ । बहसमा सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ र रवि तर्फबाट ६ जनाले बहसको लागि वकालतनामा लिएका छन् ।

बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरुमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् । त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।

लामिछानेका तर्फबाट बहसको लागि एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको