चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। बहस नसकिएपछि न्यायाधीशले लामिछानेलाई न्यायिक हिरासतमा पठाएका छन् ।
अभियोजनपक्षको तर्फबाट आज जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।
सहकारी पीडित र प्रतिवादीको तर्फबाट बहस हुन बाँकी रहेका कारण मुद्दालाई न्यायाधीशले हेर्दाहेर्दैमा राखेका छन् । अब भोलि पुनः थुनछेक बहस जारी रहनेछ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस भएको हो ।



















प्रतिक्रिया