१३ बैशाख २०८३, आइतबार | April 26, 2026

जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बैठकले सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने वा विपक्षमा रहने भन्नेबारे निर्णय लिने यादवको भनाइ छ ।

अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका यादवको नेतृत्वमा कार्यदल बनाएर मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ ।

कार्यदलले तयार गरेको प्रतिवेदन दलको आज बस्ने बैठकमा पेस गर्ने तयारी छ । संसदीय दलमा बुझाएपछि प्रतिवेदन सार्वजनिक गरिने यादवले बताए । सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभाबाट सजिलै पारित हुने अवस्था रहे पनि राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपालको समर्थन जरुरी छ ।

५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यादेश पारित गर्नका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन् । यस्तै, विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । ३ सदस्य रहेको जसपा निर्णायक रहेको छ । राष्ट्रियसभामा मनोनीत वामदेव गौतमले यसबारेमा केही खुलाएका छैनन् ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : ५० बजे

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन