१३ असार २०८३, शनिबार | June 27, 2026

लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं वार्षिकोत्सव मनाउँदै



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो ११५ औं वार्षिकोत्सव विविध अतिरिक्त क्रियाकलापसहित मनाउने भएको छ । वार्षिकात्सव सफल पार्नका लागि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष अजमान श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

आगामी फागुन १५ गते मूल समारोह आयोजना गर्नेगरी तय गरिएका कार्यक्रमहरुसँगै अस्पतालको ईतिहास, वर्तमान अवस्था र आगामी योजनाहरुलाई समेटेर स्मारिका प्रकाशन गरिने भएको छ । यसैगरी अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङस्टाफ, कर्मचार लगायतका विभिन्न विभागहरु बीच फुटवल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, म्याराथ प्रतियोगिता आयोजना गरिने भएको छ । यसैगरी रक्तदान कार्यक्रम, फलफूल वितरण कार्यक्रम, सरसफाई कार्यक्रम तथा अस्पतालको स्वास्थ्य अवस्थाका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

वार्षिकोत्सवका पूर्वसन्ध्यामा रुपन्देहीका पत्रकार र अस्पताल परिवार बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता समे आयोजना गरिने भएको छ भने वार्षिकोत्सवको दिन फागुन १५ गते विहान विभिन्न सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरीको आयोजना गरी बुटवल नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।

वार्षिकोत्सव सफल बनाउनका लागि मूल आयोजक समितिमा अस्पतालका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मी खनाल, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राजन केसी, ठगेश्वर घिमिरे, नेहा थापा, रुपलाल पाण्डे, चिरञ्जिवी घिमिरे र पदम खनाल सदस्य रहेका छन् । यसैगरी स्मारिका प्रकाशनका लागि ज्ञानहरी मरासिनीको संयोजकत्वमा नेत्र राना, वर्षा थापा, राजन केसी, खगेश्वर घिमिरे, रुपलाल पन्थी, चिरञ्जिवी घिमिरे, पदम खनाल र डि.बी. सुस्लिङ सदस्य रहनेगरी समिति गठन गरिएको छ । मूल समारोहको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : ५६ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष