३ चैत्र २०८१, आइतबार | March 17, 2025

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल



काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको बताएका छन् ।

चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक मूल्याङकन प्रतिवेदनबारे जानकारी दिन अर्थ मन्त्रालयमा आज साँझ आयोजित पत्रकार भेटघाटमा उनले सरकार काम गर्ने र नतिजा ल्याउने विषयमै केन्द्रित रहेको स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले भने, “वर्तमान सरकार गठनभएदेखि यहाँसम्म आइपुग्दा तथ्याङकलाई राम्रोसँग विश्लेषण गरेर हेर्ने हो भने अर्थतन्त्र ओरालो लाग्ने क्रमलाई रोकेर क्रमशः सुधारतर्फ अग्रसर छ । सवै परिसूचकले यही बताइरहेका छन् । कार्य क्षमताका आधारमा यो सरकार सक्षम छ ।”

सुरु गरिएका सुधारका अभ्यासलाई तीव्रता दिने तथा छिटो परिणाम हासिल गर्नेतर्फ सरकार उन्मुख रहेको बताउँदै उनले भने, “सरकारले राम्रो काम गरेको छ, राम्रो गर्दै जान्छ, जति राम्रा काम भएका छन् त्यसप्रति गर्व छ, अझ राम्रो गर्ने सङकल्प छ ।”

समग्र आर्थिकका साथै राजस्व वृद्धिमा प्रगति भएको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीले सरकारले चालेका सुधारका कार्यक्रमको केही समयपछि नतिजा देखिने बताए ।

अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउँदै पुँजीगत खर्च बढाउने र अर्थतन्त्र ठिक बाटोमा लैजाने काम भइरहेको बताए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १० : ३९ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड