३ श्रावण २०८३, आइतबार | July 20, 2026

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल



काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको बताएका छन् ।

चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक मूल्याङकन प्रतिवेदनबारे जानकारी दिन अर्थ मन्त्रालयमा आज साँझ आयोजित पत्रकार भेटघाटमा उनले सरकार काम गर्ने र नतिजा ल्याउने विषयमै केन्द्रित रहेको स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले भने, “वर्तमान सरकार गठनभएदेखि यहाँसम्म आइपुग्दा तथ्याङकलाई राम्रोसँग विश्लेषण गरेर हेर्ने हो भने अर्थतन्त्र ओरालो लाग्ने क्रमलाई रोकेर क्रमशः सुधारतर्फ अग्रसर छ । सवै परिसूचकले यही बताइरहेका छन् । कार्य क्षमताका आधारमा यो सरकार सक्षम छ ।”

सुरु गरिएका सुधारका अभ्यासलाई तीव्रता दिने तथा छिटो परिणाम हासिल गर्नेतर्फ सरकार उन्मुख रहेको बताउँदै उनले भने, “सरकारले राम्रो काम गरेको छ, राम्रो गर्दै जान्छ, जति राम्रा काम भएका छन् त्यसप्रति गर्व छ, अझ राम्रो गर्ने सङकल्प छ ।”

समग्र आर्थिकका साथै राजस्व वृद्धिमा प्रगति भएको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीले सरकारले चालेका सुधारका कार्यक्रमको केही समयपछि नतिजा देखिने बताए ।

अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउँदै पुँजीगत खर्च बढाउने र अर्थतन्त्र ठिक बाटोमा लैजाने काम भइरहेको बताए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १० : ३९ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग