८ माघ २०८२, बिहिबार | January 23, 2026

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई दिइने



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पुर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको हो ।

यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार गरिने संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्ने छन् ।

चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो । चापागाई सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् ।

यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार शंकर पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर समेत रहेका छन् ।

सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापुर्व सफल बनाउने निण्र्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनले प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : ४८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा