२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई दिइने



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पुर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको हो ।

यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार गरिने संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्ने छन् ।

चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो । चापागाई सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् ।

यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार शंकर पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर समेत रहेका छन् ।

सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापुर्व सफल बनाउने निण्र्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनले प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : ४८ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत