भैरहवा । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन । उनी नेकपा (एमाले) निकट प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।
रुपन्देही एफएमका स्टेशन म्यानेजर, लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पाण्डे मंगलबार चौतारीमा प्रवेश गरेका हुन् ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पाण्डे रुपन्देहीका सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रेस सल्लाहकार समेत हुन् ।
आफूले समाजवादी प्रेस संगठनको उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी प्रेस चौतारीमा समाहित भएको पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । आसन्न नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश सचिवमा उम्मेदवारी दर्ता गराएका पाण्डेले उम्मेदवारी फिर्ता लिएको समेत घोषणा गरेका छन् । साथै उनले प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानललाई समर्थन गर्ने जनाएका छन् ।
‘तीन वर्षअघि जुन मूल्य, मान्यता, आदर्श र सिद्वान्तका साथ नेकपा ९एमाले० बाट विद्रोह गरी नेकपा ९एकीकृत समाजवादी० गठन भएको थियो, त्यसको पुष्टि हुन नसकेको र त्यो विद्रोहले कम्यूनिष्ट आन्दोलनलाई नै अपूरणीय क्षति भएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।
पाण्डेको प्रेस चौतारी नेपाल प्रवेशले विशेष महत्व राख्ने प्रेस चौतारी नेपालका नेताहरु बताउँछन् ।
प्रतिक्रिया