१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते



सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।

मोरङको लेटाङ नगरपालिका-२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका-८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका-१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : २५ बजे

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन