१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

रोटरी वक्तृवकलाको उपाधि दीपकी दिप्तीलाई



बुटवल । रुपन्देहीमा सम्पन्न जिल्लास्तरिय अन्तर मावि वक्तृवकला प्रतियोगिताको उपाधि दीप बोर्डिङ स्कुलकी दिप्ती केशरीले जितेकी छन ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा शुक्रबार स्कर्लस होम बोर्डिङ स्कुलमा सम्पन्न ‘सामाजिक परिवर्तन र विकासमा रोटरीको भुमिका’ विषयक वक्तृवकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसंगै केशरी प्रथम हुदै नगद ८ हजार रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत भईन ।

प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी निहारिका ज्ञवाली दोस्रो हुदै नगद ५ हजार रुपैया, न्यु होराईजन बोर्डिङ स्कुलका सुसान्त ज्ञवाली तेस्रो हुदै नगद ३ हजार र स्कलर्स होम बोर्डिङ स्कुलका राजन केसी सान्त्वना हुदै १ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

एक समारोहका बीच ग्लोबल रोटरी नेटवर्क एण्ड डिष्ट्रिक ट्रेनिङ चेयर लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु, रोटरी क्लब अफ क्यापिटल भैरहवाका विजय खनाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, क्लबका पूर्वअध्यक्ष नरबहादुर श्रीष, रबिलाल पोखरेल, कार्यक्रम संयोजक बाबुराम बन्जाडे, क्लबका सचिव कमल नेपाल, जजहरु डिवि रायमाझी, डा हिरण्यलाल ज्ञवालीले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा ग्लोबल रोटरी नेटवर्क एण्ड डिष्ट्रिक ट्रेनिङ चेयर लक्ष्मण ज्ञवालीले रोटरीको क्षेत्र र मापदण्डबारे प्रकाश पार्दै समुदायमा सबै उमेर समुहका ब्यक्ति, समाजमा परिवर्तन ल्याउने गरि काम गरेको बताए । क्लब गठन गर्दा पेशा, व्यवसाय विविधिकरणलाई प्राथमिकतामा राखेर समुदायको आवश्यकता अनुसार काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीबाट समुदायमा धेरै काम गरेको भएपनि त्यसको प्रचारमा ध्यान नगएको बताउदै पब्लिक इमेजलाई दर्शाउने गरि गतिविधिमा ध्यान दिनुपर्ने बताए । स्वार्थभन्दा माथि सेवाको भावनालाई आत्मसात गर्दै समुदायमा अधिकास भएका कामलाई प्रस्तुत गनै सके त्यसबाट नया पुस्तामा जागरण ल्याउन सकिने उनको तर्क छ ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा सात वटा क्षेत्रलाई आधार बनाएर महत्वपूर्ण काम गर्दै आएको रोटरीको विश्वमा नै छुट्टै पहिचान बनाएको बताए ।

वकृत्वकला प्रतियोगितामा सहभागीहरुमा रोटरी प्रतिको अध्ययन धेरै गहिरो पाएको उनले बताउदै यसरी नै हरेक क्षेत्रमा रोटरीलाई चिनाउने गरि क्लबहरुबाट संयुक्त कार्यक्रम गर्नुपर्ने सुझाव दिए । प्रतियोगितामा आठ विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ४९ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र