१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रोटरी वक्तृवकलाको उपाधि दीपकी दिप्तीलाई



बुटवल । रुपन्देहीमा सम्पन्न जिल्लास्तरिय अन्तर मावि वक्तृवकला प्रतियोगिताको उपाधि दीप बोर्डिङ स्कुलकी दिप्ती केशरीले जितेकी छन ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा शुक्रबार स्कर्लस होम बोर्डिङ स्कुलमा सम्पन्न ‘सामाजिक परिवर्तन र विकासमा रोटरीको भुमिका’ विषयक वक्तृवकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसंगै केशरी प्रथम हुदै नगद ८ हजार रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत भईन ।

प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी निहारिका ज्ञवाली दोस्रो हुदै नगद ५ हजार रुपैया, न्यु होराईजन बोर्डिङ स्कुलका सुसान्त ज्ञवाली तेस्रो हुदै नगद ३ हजार र स्कलर्स होम बोर्डिङ स्कुलका राजन केसी सान्त्वना हुदै १ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

एक समारोहका बीच ग्लोबल रोटरी नेटवर्क एण्ड डिष्ट्रिक ट्रेनिङ चेयर लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु, रोटरी क्लब अफ क्यापिटल भैरहवाका विजय खनाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, क्लबका पूर्वअध्यक्ष नरबहादुर श्रीष, रबिलाल पोखरेल, कार्यक्रम संयोजक बाबुराम बन्जाडे, क्लबका सचिव कमल नेपाल, जजहरु डिवि रायमाझी, डा हिरण्यलाल ज्ञवालीले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा ग्लोबल रोटरी नेटवर्क एण्ड डिष्ट्रिक ट्रेनिङ चेयर लक्ष्मण ज्ञवालीले रोटरीको क्षेत्र र मापदण्डबारे प्रकाश पार्दै समुदायमा सबै उमेर समुहका ब्यक्ति, समाजमा परिवर्तन ल्याउने गरि काम गरेको बताए । क्लब गठन गर्दा पेशा, व्यवसाय विविधिकरणलाई प्राथमिकतामा राखेर समुदायको आवश्यकता अनुसार काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीबाट समुदायमा धेरै काम गरेको भएपनि त्यसको प्रचारमा ध्यान नगएको बताउदै पब्लिक इमेजलाई दर्शाउने गरि गतिविधिमा ध्यान दिनुपर्ने बताए । स्वार्थभन्दा माथि सेवाको भावनालाई आत्मसात गर्दै समुदायमा अधिकास भएका कामलाई प्रस्तुत गनै सके त्यसबाट नया पुस्तामा जागरण ल्याउन सकिने उनको तर्क छ ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा सात वटा क्षेत्रलाई आधार बनाएर महत्वपूर्ण काम गर्दै आएको रोटरीको विश्वमा नै छुट्टै पहिचान बनाएको बताए ।

वकृत्वकला प्रतियोगितामा सहभागीहरुमा रोटरी प्रतिको अध्ययन धेरै गहिरो पाएको उनले बताउदै यसरी नै हरेक क्षेत्रमा रोटरीलाई चिनाउने गरि क्लबहरुबाट संयुक्त कार्यक्रम गर्नुपर्ने सुझाव दिए । प्रतियोगितामा आठ विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले