५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैद सजाय



खोटाङ । बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आज सजाय निर्धारण गरेको हो ।

यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै रू एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । यस्तै, पीडित किशोरीलाई रू एक लाख ५० हजार क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो ।

फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए । आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते रू चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

आरोपित कृषिविज्ञ राईविरूद्ध विसं २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बाल यौन दुरूपयोगसम्बन्धी अभियोगपत्र दायर गरेको थियो । जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैद र रू ७५ हजार जरिवाना माग गरिएको थियो ।

कृषिविज्ञ राईको पहलमा वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब एक सय ५० विद्यार्थी अध्ययनरत छन् । वस्तुगत सीप र व्यावहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचानसमेत बनाएको छ ।

फाउण्डेशनका संस्थापक कृषिविज्ञ राईलाई अदालतले बाल यौन दुरूपयोग कसुरमा दोषी ठहर गरेर कैद सजायका साथै जरिवानासमेत तोकेपछि फाउण्डेशन परिवार चिन्तित बनेका छन् । प्रतिवादी कृषिविज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानुन व्यवसायी र वादी सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक बहस गरेका थिए ।

फाउण्डेशनका संस्थापक रहेका ७५ वर्षीय कृषिविज्ञ राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए । यौन शिक्षाका नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक कृषिविज्ञ राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं