२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

१२ औं ‘दीप गायन तारा’ को फाईनलका लागि २० प्रतियोगी छनोट



बुटवल । १२ औं ‘दीप गायन तारा’ प्रतियोगिताको पहिलो र दोस्रो अडिशन राउण्ड सम्पन्न भएको छ । बुटवलमा मावि तहका विद्यार्थीको गायन विधामा रहेको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्नका लागि आयोजित प्रतियोगिताको पहिलो र दोस्रो अडिशन राउण्ड सम्पन्न भएको हो ।

बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुलको आयोजनामा भएको प्रतियोगितामा पहिलो र दोस्रो अडिशनबाट २० प्रतिप्रस्र्धी प्रतिभाहरुको छनोट गरिएको छ । रुपन्देहीका झण्डै तीन दर्जन सामुदायिक र संस्थागत विद्यालयहरुका प्रतिस्प्रर्धी विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको पहिलो र दोस्रो अडिशनबाट २० जना छनोट भएको र उनीहरुले आउने फागुन ५ गते फाईन प्रतिस्पर्धा गर्ने छन् ।

छनोटमा परेका २० प्रतियोगिबाट उत्कृष्ट हुने एक जनालाई फागुन ५ गते दीप गायन ताराको उपाधि प्रदान गरिने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए । उनले विद्यार्थीहरुमा लुकेर रहेका अद्भुत प्रतिभाहरु हुने उल्लेख गर्दै ति प्रतिभालाई बाहिर निकाल्न दीपले समय समयमा विभिन्न खाले विद्यार्थी केन्द्रीत कार्यक्रम गर्दै आएको बताए । प्रतियोगिताको पहिलो अडिशन राउण्डको उद्घाटन गर्दै अभिभावक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले विद्यार्थीहरुलाई अवसर दिएमा रिजल्ट राम्रो आउने बताए । उनले विद्यार्थीहरुमा धेरै प्रतिभाहरु लुकेर रहने उल्लेख गर्दै लुकेका प्रतिभा मध्यको एक गायनलाई बाहिर निकाल्न दीपले महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रमका एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, व्याब्सन बुटवल नगर समितिका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी, विद्यालयका सह-प्राचार्य ज्ञानु थापा, कलाधर अर्याल लगायतले विद्यार्थीको क्षमता विकासकालागि दीप गायन तारा प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको बताए ।

विद्यालयका शिक्षक छवी ज्ञवाली र विजय सापकोटाको संचालनमा भएको कार्यक्रममा संगितकार नारायणबहादुर थापा र गायक तेजु अर्यालले निर्णायकको भुमिका निभाएका थिए ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद दुई-दुई हजार दिइने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : ०० बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक