८ बैशाख २०८३, मंगलबार | April 22, 2026

निर्माण व्यवसायी रुपन्देहीको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक



बुटवल । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा तिलोत्तमा-५, मणिग्रामस्थित विश्राम वाटिकामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका मुख्य मुख्यमन्त्री चेतनारायण आचार्यले साधारण सभाको सफलताको शुभकामना दिदैँ प्रदेश सरकारले व्यवसायीहरूको वक्यौता भुक्तानी लगायतका विषयमा प्रदेश सरकाले गम्भीर ध्यान दिएको उल्लेख गर्दै चालु आर्थिक वर्षमै अघिल्लो भुक्तानी क्लियर गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

कार्यक्रमका बिशिष्ठ अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्माण व्यवसायीहरूको योगदानले लुम्बिनी प्रदेशको विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताए । उनले सरकार निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले हाल निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई गम्भीर चुनौती निम्त्याएको भन्दै सरकार यसबारे संवेदनशील रहेको बताए । उनका अनुसार मूल्य वृद्धिका कारण निर्माण लागत बढ्नुका साथै विकास परियोजनाहरूमा ढिलाइ भइरहेको छ । त्यसैले प्रदेश सरकारले व्यवसायीहरूको हकहित संरक्षण र निर्माण क्षेत्रमा स्थायित्व कायम गर्न आवश्यक नीति तथा सहजीकरणका उपायहरू अवलम्बन गर्ने बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देहि संघ प्रदेशकै प्रमुख निर्माण व्यवसायी संगठन भएको बताउँदै, व्यवसायिक गतिविधिसँगै संघ सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहेको उल्लेख गरिन । उनले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणलगायतका विविध सामाजिक कार्यहरूमा पनी संघको उल्लेखनीय भूमिका रहेको बताइन ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. चेतमान श्रेष्ठको स्मृतिमा उनको परिवारलाई सम्मान गरिएको थियो । साथै, संघका संस्थापक कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, सामाजिक कार्यक्रम संयोजक तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा संघकी अध्यक्ष मञ्जु भुसाल र बिशिष्ट अतिथि मन्त्री ढकालले संघको २८ वर्षेको इतिहास समेटिएको “लुम्बिनी निर्माण स्मारिका” नामक पुस्तकको विमोचन गरेका थिए ।

साधारणसभाले निर्माण व्यवसायीहरूको समस्या, अवसर, तथा भविष्यका योजनाहरूबारे छलफल गर्दै लुम्बिनी प्रदेशको समृद्धि र दिगो पूर्वाधार विकासका लागि व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको विषयमा जोड दिएको थियो । सभाले पालिका स्तरमा शाखा बिस्तार गर्ने र सदस्यता बृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ०२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति