मुग्लिन । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।
दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।



















प्रतिक्रिया