७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुर्खेतमा महाकुम्भ तर्फको तिर्थयात्री सवार बस दुर्घटना, ३६ जना घाइते



सुर्खेत । सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको बताए । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई