२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

बिहेघरमा नाचगानका क्रममा ‘ग्याङ फाइट’, खुकुरी प्रहारबाट एकजनाको मृत्यु, ६ जना पक्राउ



नेपालगन्ज । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-८ स्थित पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ भएको ग्याङ फाइटमा खुकरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको हो । उनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।

स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याएपछि रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरुबीच ग्याङ फाइट भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासी दुलाहका भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्दै जाँदा मल्ल युद्धका परिणत भएको थियो । दुइपक्षिय झडपका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको छ। घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुलाहाको भिनाजु सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ २ की ३० वर्षिया मनिषा राना, बैजनाट ६ का १८ वर्षिय भिजन नेपाली, जाजरकोट शिवालय ७ घर भइ बैजनाथमा पाहुना आएका २९ वर्षिय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका ६ घर भइ पाहुना आएकी २७ वर्षिया अमृता डाँगी र बैजनाथ ८ का १८ वर्षिय सुजन बुढा रहेका छन् ।

दुई समूहको लडाइँपछि भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको बाँके प्रहरी प्रवक्ता आयुस जोशीले बताए ।

 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १० : ३४ बजे

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको